शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइएमएफले भन्यो : नेपालले तत्काल उच्च आर्थिक बृद्धिदर धान्न सक्तैन

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ४३
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोषले (आइएमएफ) यो वर्ष नेपालको आर्थिक बृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ८ प्रतिशत हुने भनिरहेको बेला सरकारको लक्ष्यलाई आइएमएफले उच्च लक्ष्य भएको भनेको छ । 

साथै, कोषले सरकारलाई उच्च आर्थिक बृद्धिदरको पछि नलाग्न भनेको छ । आर्टिकल फोरका लागि नेपाल आएको कोषको टोलीले नेपालले अहिले नै ठुलो आर्थिक बृद्धिदर धान्न सक्ने अवस्था नरहेको उल्लेख गरेको हो ।  उच्च आर्थिक बृद्धितर्फ एकोहोरो लाग्दा जोखिम निम्तन सक्ने खतरा प्रति कोषले सचेत गराएको छ ।  

११ दिन नेपाल बसेर विभिन्न सुचकको अध्ययन गरेको कोषको टोलीले ठुलो बृद्धिदरका लागि पुँजी धेरै चाहिने र धेरै पूँजी परिचालन गर्दा सोधानान्तर र चालुखातामै हिट गर्ने भएकाले उच्च आर्थिक बृद्धिदरको लक्ष्य नराख्न भनेको हो । 

मुद्राकोषले यसअघिको ५ प्रतिशत आर्थिक बृद्धिदरको प्रक्षेपणलाई सच्याएर साढे ६ प्रतिशत पुर्याएको छ ।  यता बैंकहरुलाई पुँजी बृद्धि गर्न पनि सुझाव दिएको छ । नेपाली बैंकहरु ऋण विस्तारमा आक्रामक हुँदा बैंकहरु जोखिममा पर्न सक्ने भन्दै पुँजी बृद्धितर्फ लाग्न भनेको छ । 

यस्तै कोषले बैंकहरुको सानातिना ऋण तलमाथि हुने बित्तिकै समस्या आउने उल्लेख गरेको छ ।  कोषले आज पत्रकार सम्मेलन गर्दै यी विषयमा जानकारी गराइएको हो ।  नेपाल राष्ट्र बैंकले तोकको चुक्ता पुँजी बल्लतल्ल पुर्याएका बैंकहरुलाई आइएमएफले फेरि पनि पूँजी बृद्धितर्फ लाग्न भनेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप