शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीडेनमा कतार एयरवेजको विमान, गोथनवर्ग विमानस्थलमा अवतरण

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ४४
बिहीबार, २७ मङ्सिर २०७५

दोहा । कतारको दोहादेखि स्विडेनको गोथनवर्गसम्म कतार एयरवेजको पहिलो ननस्टप विमान स्विडेनको दोस्रो प्रवेशद्वारको रुपमा आज गोथनवर्ग ल्याण्डवेटर विमानस्थलमा अवतरण गरेको छ । 

अत्याधुनिक बोइङ द्यठडठ ड्रिमलाइनरद्वारा सञ्चालित कतार एयरवेजको उडान १७७ दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ८ः२० बजे प्रस्थान गरेर गोथनवर्ग ल्याण्डवेटर विमानस्थलमा दिँउसो १ः०० बजे अवतरण गरेको हो ।

गोथनवर्गसम्मको उक्त उडानमा कतार एयरवेजको वाणिज्य रणनीतिका वरिष्ठ उपाध्यक्ष साइमन न्युटन स्मिथ पनि उपस्थित थिए ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ‘हाम्रो युरोपेली नेटवर्क विस्तार गर्ने क्रममा गोथनवर्गजस्तो रमणीय शहरसम्मको प्रत्यक्ष उडान सेवा सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ । यस नयाँ एवं महत्वपूर्ण नर्डिक मार्गले दुवै व्यावसायिक तथा गैरव्यावसायिक यात्रीहरुलाई थप सहजता प्रदान गर्दै स्विडेनका नागरिकहरुलाई १६५० भन्दा अधिक गन्तव्यहरु सहितको हाम्रो व्यापक विश्वव्यापी नेटवर्कमा जोड्न मद्दत पु¥याउनेछ ।  

गोथनवर्गको सुन्दर शहरले प्रदान गर्ने उत्कृष्ट अनुभवको अनुभूति गराउन हामी थप पर्यटकहरुलाई यहाँ ल्याउने आशा राखेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप