बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोलको उपासनासँग ‘रहर छ सँगै’ .....

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ५०
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– अनमोल केसीले फुटबल खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत रिलिज भएको छ । निर्माण युनिटले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बोलको गीत सार्वजनिक गरेको हो ।

गीत अनमोल र नव अभिनेत्री उपासनासिंह ठकुरीमाथि फिचरिङ गरिएको छ । अञ्जु पन्त र सुगम पोखरेलको स्वरले सजिएको गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । सामान्य तवरको भिडियो बनाइएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । 

अनमोल र उपासनाको अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।  एउटा यूवकको फुटबल संघर्ष कथालाई उठान गरेको चलचित्र भूवन केसीले निर्माण गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप