प्रदेश नं ३ : सामुदायिक क्याम्पसलाई २२ करोड अनुदान
हेटौँडा । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पसलाई रु २२ करोड पाँच लाख बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले एउटा कलेजलाई रु १५ लाखदेखि रु एक करोडसम्म बजेट विनियोजन गरेको हो । प्रदेशको १६४ वटा सामुदायिक क्याम्पसमध्ये पहिलो चरणमा १०३ क्याम्पसका लागि रु २२ करोड पाँच लाख बजेट विनियोजन भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।
उनले थपे, ‘थप क्याम्पसलाई पछि आवश्यकताअनुसार रकम वितरण गरिने छ ।’ यसरी विनियोजन गरिएको रकम काठमाडौँका १४, काभ्रेपलाञ्चोकको १३, सिन्धुपाल्चोकको १२, सिन्धुलीको १०, चितवनका नौ, धादिङको आठ, ललितपुरको आठ, रामेछापका सात, मकवानपुरको छ, नुवाकोटको छ, दोलखाको पाँच, भक्तपुरको चार र रसुवाको एक क्याम्पसले प्राप्त गर्नेछन् ।
मन्त्रालयका अनुसार कूल २८ करोड बजेट विनियोजन गरेकामा तत्काल आवश्यकताअनुसार रु २२ करोड पाँच लाख आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता