मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाका ५२ सहित पैसठ्ठी कम्पनीमा कामदार पठाउन रोक

बिहीबार, २७ मङ्सिर २०७५, २१ : ०७
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं । वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । 

मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सको पाँच, साउदी अरेबियाको पाँच र कतारका तीन कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको विभागले जनाएको छ । 

कामदारलाई समयमै सेवा सुविधा नदिइएको, काम दिन नसक्दा श्रमिक अलपत्र भएको, कतिपय कम्पनीनै समस्याग्रस्त अवस्थामा रहेकाले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको विभागका कम्युटर अधिकृत राजु श्रेष्ठले जानकारी दिए । 

कामदार पठाउन रोक लगाएसँगै अब ती कम्पनीबाट आउने मागपत्र सम्बन्धित देशका नियोगले प्रमाणीकरण गर्ने छैनन् भने विभागले पनि ती कम्पनीका लागि श्रम स्वीकृति जारी गर्ने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप