बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा ठूला क्लबकै बर्चस्व, कुन–कुन क्लब पुग्यो अन्तिम १६ मा ?

बिहीबार, २७ मङ्सिर २०७५, २१ : १८
बिहीबार, २७ मङ्सिर २०७५

एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणका खेलहरु सकिएको छ । युरोपेली च्याम्पियन्स लिगको समूह चरणका खेल सकिएसँगै प्रि–क्वार्टरफाइनल (नकआउट) चरणमा पुग्ने १६ टोलीको टुङ्गो पनि लागिसकेको छ । विगतमा जस्तै यसपटक पनि च्याम्पियन्स लिगको नकआउट चरणमा ठूला क्लबकै बर्चस्व रहेको छ । 

अन्तिम १६ मा सबैभन्दा धेरै इङ्लिस प्रिमियर लिगबाट चार टोली पुगेका छन् । त्यसपछि स्पेनिस ला लिगा र जर्मन बुन्डेसलिगाबाट समान तीन’तीन टोली, फ्रेन्च लिग वान र इटालियन सिरि ए बाट दुई÷दुई टोली तथा पोर्चुगल र नेदरल्यान्ड्सबाट एक÷एक टोलीले नकआउट चरणमा स्थान बनाएका छन् । 

समूह चरणमा जस्तै नकआउट चरणका खेलपनि होम एन्ड अवेका आधारमा हुनेछ । तर, नकआउट चरणमा कुन टोलीको प्रतिद्वन्द्वी को भन्ने निक्र्योल हुन बाँकी छ । नकआउट चरणको ड्र सोमबार स्वीट्जरल्यान्डमा हुनेछ । 

समूह चरणका खेलबाट बार्सिलोना, बोरुसिया डोर्टमन्ड, पेरिस सेन्ट जर्मन (पीएसजी), पोर्तो, बायर्न म्युनिख, म्यान्चेस्टर सिटी, रियल म्याड्रिड र युभेन्ट्स आआफ्नो समूहको विजेता बने । यसैगरी एट्लेटिको म्याड्रिड, टोट्टनहाम, लिभरपुल, साल्के, अजाक्स, लियोन, एस रोमा र म्यानचेस्टर युनाइटेड समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

नकआउटका लागि ड्र गर्दा प्रत्येक समूहको विजेतालाई बरियता प्रदान गरिनेछ । उप–विजेतालाई बरियतामा राखिने छैन । एउटै देशका टोलीलाई भने समूह विभाजनमा छुट्टाछुट्टै राखिनेछ । नकआउच चरणमा पहिलो लेगका खेलहरु आगामी फ्रेबुअरी १२ देखि २० तारिखसम्म खेलिनेछ । यसैगरी दोस्रो लेग मार्च ५ देखि १३ तारिखसम्म हुनेछन् । 

जो विजेता र उपविजेता बने 
समूह ए – बोरुसिया डर्टमन्ड (जर्मनी) र एट्लेटिको म्याड्रिड (स्पेन)
समूह बी – बार्सिलोना (स्पेन) र टोट्टनहाम (इङ्ल्यान्ड)
समूह सी – पिएसजी (फ्रान्स) र लिभरपुल (इङ्ल्यान्ड)
समूह डी – पोर्तो (पोर्चुगल) र साल्के (जर्मनी)
समूह ई – बार्यन म्युनिख (जर्मनी) र अजाक्स (नेदरल्यान्ड्स)
समूह एफ – म्यानचेस्टर सिटी (इङ्ल्यान्ड) र लियोन (फ्रान्स)
समूह जी – रियल मड्रिड (स्पेन) र रोमा (इटाली)
समूह एच – युभेन्ट्स (इटाली) र म्यानचेस्टर युनाइटेड (इङ्ल्यान्ड)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप