बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभागी एसी मिलान बाहिरियो, आर्सनलको कठिन जित

शुक्रबार, २८ मङ्सिर २०७५, ०९ : २२
शुक्रबार, २८ मङ्सिर २०७५

एजेन्सी । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युईएफए युरोपा लिग फुटबलअन्तर्गत समूह चरणका खेलहरु बिहिबार राती सकिएको छ । 

समूह चरणको खेलसँगै अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने टोलीको टुङ्गो पनि लागेको छ । विगतमा जस्तै यसपटक युरोपा लिग खेलिरहेका ठूला क्लबहरुले नकआउट चरणमा स्थान बनाएका छन् । 
समूह चणबाट बाहिरिने ठूलो क्लबमा एसी मिलान रहेको छ । 

बिहिबार राती भएको समूह ‘एफ’ को खेलमा एसी मिलान ओलम्पियाकससँग ३–१ गोलले पराजित हुँदै समूह चरणबाट बाहिरिएको हो । बिहिबार रातीकै अन्य खेलमा इङ्लििस प्रिमियर लिग टोली आर्सनलले कठिन जित हात पारयो । 

समूह ‘इ’ को अन्तिम खेलमा आर्सनलले क्वाराब्याग एफकेलाई १–० गोलले हरायो । घरेलु मैदानमा आर्सनलको जितमा १६ औँ मिनेटमा अलेक्सान्ड्रे लाकाजेटले गोल गरेका थिए । 

समूह ‘एल’ को खेलमा चेल्सी भिडी एफसीसँग २–२ गोलको बराबरीमा रोकिएको छ । 

नकआउट चरणमा पुगेका क्लबहरु 

आर्सनल, चेल्सी, बाटे बोरिसोभ, बेन्फिका, रियल बेटिस, क्लब बर्ग, सेल्टिक, डाइनामो जाग्रेब, डाइनामो किभ, फ्राङ्कफर्ट, गालाटासारे, जेन्क, इन्टर मिलान, क्रासनोडार, लाजियो, लिभरकुसेन, माल्मो, नापोली, ओलम्पियाकस, प्लेजेन, रापिड, रेन्नेस, साल्जबर्ग, सेभिया, साख्तार, स्लाभिया प्राहा, स्पोर्टिङ सिपि, भ्यालेन्सिया, भिल्लेरियल, जेनिथ, जुरिच र फेनरवाचे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप