शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनः एक वर्षमा ८८ वटा गगनचुम्बी भवन बनाउने संसारकै पहिलो देश

शुक्रबार, २८ मङ्सिर २०७५, ०९ : ३६
शुक्रबार, २८ मङ्सिर २०७५

बेइजिङ – चीनले एक वर्षमा २०० मिटर उचाईका ८८ वटा गगनचुम्बी बनाएर संसारमै धेरै गगनचुम्बी बनाउने देशमा पहिलो देश बनेको छ । निर्माण क्षेत्रबारे जानकारी राख्ने कम्पनी काउन्सिल अफ टल बिल्डिङ्स एण्ड अर्बन हेबिटेटका अनुसार अग्ला भवन निर्माणमा यो आंकडा ऐतिहासिक हो । 

कहाँ र कहिले बने गगनचुम्बी भवन ? 

१. अर्बन ह्याबिटेटको अनुसार विश्वभरी १४३ गगनचुम्बी भवन बनेका छन् । जसमा २०१७ मा मात्रै १४७ वटा अग्ला भवन बने । भने २०१८ मा चीनमा ६१.५ प्रतिशत नयाँ भवन बने । जसमध्ये दक्षिण चीनको शेनझेनमा १४ वटा बनाइयो । यो सहरले दुबई, बेइजिङ र न्यूयोर्क जस्ता सहरलाई जितेर संसारकै सबैभन्दा राम्रो सहरको सूचिको पहिलो नम्बरमा परेको छ । 

२. चीन यून नाम दिएको एउटा भवनको उचाई १,७३१ फिट (५२८ मिटर) रहेको छ । जुन संसारके सबैभन्दा अग्लो भवन मध्येको आठौँ स्थानमा रहेको छ । यो वर्ष अग्ला भवन निर्माण गर्ने देशहरुमा एशियाली मुलुकहरुको दबदबा रहेको छ । जसमध्ये हो ची मिन्ह सिटी (भियतनाम), चाङ्ग्शा आदि पर्छन् । यी ठाउँमा पछिल्लो वर्षको १२ महिनामा १३१२ फिट (४०० मिटर) अग्लो भवन निर्माण भएको छ ।

३. दक्षिण अमेरिकामा ब्यूनस आयर्स (अर्जेन्टिना), बोगोटा (कोलम्बीया) जस्ता अग्ला भवनहरु बनाइएका छन् । सान् फ्रान्सिस्को र मियामीमा क्रमशः सेल्सफोर्स टावर ३२६ मिटर (१०७० फिट) र पैनोरमा टावर २५२ मिटर (८२७ फिट) बनेका छन् । यो वर्ष एशियाली मुलुकभन्दा बाहिर फिलाडेल्फियामा बनेको ३४२ मिटर (११२१ फिट) अग्लो कान्मकास्ट टेक्नोलोजी सेन्टर उक्त सहरकै सबैभन्दा अग्लो भवन हो ।  

४. सीटीबीयूएचका रिपोर्टको अुनसार सन् २०१९ मा संसारमा १२० मिटर देखि १५० मिटर सम्मको भवन मात्रै निर्माण गर्न सकिने भएतापनि अग्ला भवन निर्माण प्रतिष्पर्धाको रुपमा निर्माण हुन थालेका छन् । चीनको सन्दर्भमा यसरी अग्ला गगनचुम्बी भवन निर्माणले चीनको अर्थतन्त्रमा भारी असर पार्ने सम्भावना रहेको छ । रिपोर्ट भन्छ, ‘ चीनलाई अग्लो भवन निर्माण गर्न प्रतिवन्ध लाग्न पनि सक्छ । विश्वव्यापी निर्माण उद्योगको अनुसार स्टील आयातमा चीनले कठिनाईहरुको समाना गर्नुपर्ने हुन्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप