शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोस्री छोरी नचाहेका दम्पत्तीले दुई महिने छोरीको विष खुवाएर हत्या

शुक्रबार, २८ मङ्सिर २०७५, १० : ४६
शुक्रबार, २८ मङ्सिर २०७५

प्रकाश पादेभ (२८) र जयश्री पादेभ (२१) का प्रान्जल नामकी दुई वर्षे छोरी पहिले नै थिइन् र दुई महिनाअघि जयश्रीले कान्छी छोरीलाई जन्म दिइन् । कान्छो सन्तान पनि छोरी नै जन्मिएपछि यो जोडी तनावमा थियो त्यसकारण महाराष्ट्रको कोहलपुर जिल्लाका यो जोडीले दुई महिने छोरीको विष खुवाएर हत्या गरे ।

कारण ? उनीहरुलाई कान्छी छोरी चाहिएको थिएन । गत अक्टोबर चार तारिखमा छोरी अत्यधिक रोएपछि जोडीले बालिकालाई अस्पताल पनि पुर्याए तर उपचार सुरु हुनुअघि नै उनको मृत्यु भयो ।

अस्पतालले केही गडबडी भएको शंकामा पोस्टमार्टमअघि बालिकाको शव परिवारलाई दिन अस्विकार गर्यो । प्रकाशले अस्विकार गर्दा पनि डाक्टरले बालिकाको पोष्टमार्टम गराए । रिपोर्टमा बालिकाको अप्राकृतिक कारणले मृत्यु भएको बताइयो । बालिकाको विष सेवनपछि मृत्यु भएको उक्त रिपोर्टमा पत्ता लाग्यो ।

 पुलिसले उक्त रिपोर्ट दुई महिनापछि फेला पार्यो र आमाबुवालाई शंका गरेर सोधपुछ गर्दा खानेकुरामा विष मिसाएर खुवाएको स्विकार गरे । उनीहरुले दोस्रोपटक पनि छोरी नै जन्मेको भएर हत्या गरेको पुलिसलाई जानकारी दिए ।

आरोपी जोडीलाई साहुवादी पुलिसले अदालतमा पेश गरेको छ । साहुवादी–मल्कापुर अदालतले उनीहरुलाई डिसेम्बर १५ तारिखसम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप