बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के मनिता देवकोटाले बाजी मार्लिन् मिस युनिभर्सको ताज ?

शुक्रबार, २८ मङ्सिर २०७५, १३ : ०६
शुक्रबार, २८ मङ्सिर २०७५

२३ वर्षीया मनिता देवकोटा हाल थाइल्याण्डमा छिन् । उनी मिस युनिभर्स २०१८ मा नेपालको तर्फबाट प्रतिनिधित्व गरिरहेकी छिन् ।

डिसेम्बर १७ अर्थात्, आउँदो सोमबार हुन लागेको मिस युनिभर्सको फाइनलका लागि उनको तयारी निकै भव्य छ । उनको इन्स्टाग्रामलाई नियाल्दा मिस युनिभर्ससम्बन्धि विभिन्न कार्यक्रममा सहभागी भएका तस्बिर र भिडियो देख्न सकिन्छ । उनले रिहर्सलका विभिन्न भिडियोसमेत इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

मनिता ६७ औं संस्करणको मिस युनिभर्स प्रतियोगिताकी सहभागी हुन् । उनले विश्वका ९० भन्दा बढी मुलुकका सुन्दरीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

आठ वर्षको हुँदा परिवारसँगै अमेरिका बसाईं सरेकी मनिताले नर्थ क्यारोलिनाको ग्रिनभिलीस्थित इन्ट क्यारोलिना युनिभर्सिटीबाट पब्लिक हेल्थमा डिग्री हाँसिल गरेकी छिन् ।

मानिसहरुलाई सहयोग गर्न चाहना भएकाले आफूले पब्लिक हेल्थ विषय पढेको उनको भनाई छ ।

मिस नेपालमा जस्तो मिस युनिभर्समा भने भोटिङको कुनै पनि सुविधा नरहेको मनिताले बताएकी छिन् ।

मिस युनिभर्समा नेपालको यो सहभागिता दोस्रो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप