शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

शुक्रबार, २८ मङ्सिर २०७५, १५ : ३१
शुक्रबार, २८ मङ्सिर २०७५

भोपाल, मध्य प्रदेश– भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण गर्नु हुने समाचारमा जनाइएको छ । 

मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो ।  हालैमात्र सो राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो । मध्यप्रदेशमा उप मुख्यमन्त्री भने रहने छैन । 

यसअघि भारतीय जनता पार्टी (बिजेपी) का नेता शिवराज सिंह चौहान तीन पटकसम्म लगाताार सो राज्यको मुख्यमन्त्री रहेका थिए ।  आफ्नो राजनीतिक यात्रा शुरु भएयता ७२ वर्षीय काँग्रेस नेता कमलनाथ पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी काँग्रेस पार्टीको तर्फबाट मध्यप्रदेशमा नौ पटकसम्म साँसद भएका थिए । 

यसअघि पनि उनले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको मन्त्रिमण्डलमा दुईपटक सम्म उद्योग र यातायत मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।  मध्यप्रदेशमा हालै भएको निर्वाचनमा काँग्रेसले १ सय १४ सिटमा विजय प्राप्त गरेको छ । बहुमत प्राप्त गर्नको लागि काँग्रेसको दुइ सिट मात्र कम भएको थियो । –एएनआई
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप