शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा मिनीट्रक दुर्घटनाः १८ जनाको मृत्यु भएको पुष्टि

शुक्रबार, २८ मङ्सिर २०७५, १७ : ५७
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ । 

दुप्चेश्वर गाँउपालिका वडा न. ६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा.३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिए । 

उनको अनुसार दुर्घटनामा तीन जना महिला र १५ जना पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो । मृतक मध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान खुलेको छ ।

घटनास्थलबाट उद्धार गरिएका मध्ये सात जनालाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुदाँ उपचारको लागि पठाउन कठिनाई भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । 

घटनास्थलमा उद्धारको कार्य भइरहेको छ । गाडीमा ४० जना भन्दाबढी यात्रु रहेको बताइएको छ । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो ।

कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुदाँ सडकबाट करीब पाँचसय मिटर तल तादी खोलामा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप