शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सारा अली खानको नेपाली भाषामा नेपालीलाई विशेष मेसेज (भिडियोसहित)

आइतबार, ०१ पुस २०७५, ०८ : ३८
आइतबार, ०१ पुस २०७५

सेफ अली खानकी छोरी सारा अली खानले फिल्म केदारनाथमार्फत बलिउडमा पाइला टेकेकी छिन् ।

उनको डेब्यू फिल्म केदारनाथले नेपालबाट अत्यधिक माया पाएको भन्दै साराले फेसबुकमार्फत धन्यवाद दिएकी छिन् ।

भिडियोको सुरुमा उनले हेलो, नमस्ते, कस्तो हुनुहुन्छ नेपाल भन्दै नेपाली भाषा बोलेकी छिन् ।

उनले भनेकी छिन्, ‘मेरो डेब्यू फिल्म केदारनाथका लागि नेपालबाट अत्यधिक माया, सद्भव र उत्प्रेरणा पाएकोमा निकै खुसी छौं । सोसल मिडियामा पाइरहेको तपाईंहरुको मायाका लागि हामी निकै आभारी छौं । देवी देवताको देश नेपालका ती तमाम सुन्दर महिला र प्यारा बहादुर पुरुषलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरु सबैमा मेरो प्रेम ।’

उनको उक्त भिडियोमा थुप्रैले राम्रा कमेन्ट गरेका छन् ।

समिता थापाले लेखेकी छिन्, ‘सारा तिमीले जसरी आफूलाई प्रस्तुत गर्छौ र अरुलाई आदर गर्छौ, त्यो तिम्रो ‘ब्यूटी विथ ब्रेन’ को झलक हो । नेपालबाट माया ।’

उधिर सुवेदीले भने ठट्टा गर्दै लेखेका छन्, ‘पर्यायवाची शब्दहरु सिक्नका लागि राम्रो भिडियो ।’

प्रमिलाले लेखेकी छिन्, ‘तिमी अब अर्को सुपरस्टार हौ । नेपालबाट माया र सफलताको शुभकामना ।’

कतिले उनले नेपाली भाषा बोलेको भन्दै तारिफसमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप