शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोलमा युभेन्ट्सको अपराजित यात्रा कायमै

आइतबार, ०१ पुस २०७५, ०९ : ४०
आइतबार, ०१ पुस २०७५

एजेन्सी – इटालियन सिरी ए फुटबलको शीर्ष टोली युभेन्ट्सले लिगका आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरीनोलाई १–० गोलले हरायो । 

टोरिनोको घरेलु मैदानमा भएको प्रतिस्पर्धातमक खेलमा रियलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । रोनाल्डोले ७०औं मिनेटमा पाएको पेनाल्टीलाई सही सदुपयोग गरेका थिए । 

जितसँगै युभेन्ट्सले १६ खेलबाट ४६ अंक बनाएको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको नापोलीभन्दा ११ अंकले अगाडी छ । नापोलीको ३५ अंक छ । युभेन्ट्ससँग हार खेपेको टोरिनो २२ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । 

यसैगरी तेस्रो स्थानमा रहेको इन्टर मिलानले शनिबार राती उडिनेसलाई १–० गोलले हरायो । इन्टरको घरेलु मैदानमा भएको खेलमा माउरो इकार्डीले ७६औं मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरेका थिए । जितसँगै इन्टरले ३२ अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप