शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा आन्तरिक सुरक्षामन्त्रीद्वारा राजीनामा

आइतबार, ०१ पुस २०७५, १२ : ४६
आइतबार, ०१ पुस २०७५

वासिङ्टन– यात्रा,राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामा पत्रमा जिन्केले विपक्षीहरुबाट राजनीतिक प्रेरित आरोप लागेकाले आन्तरिक सुरक्षा मन्त्रालयको नियमित काममानै अबरोध आउने परिस्थिति सिर्जना भएकाले राजीनामा दिएको उल्लेख छ । 

जिन्केको राजीनामाका बारेमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले मोन्टानाका पूर्व कङ्ग्रेस सदस्य जिन्केको कार्यकाल निकै सफल रहेको बताए । उनले अर्को साताभित्रै जिन्केको स्थानमा नयाँ व्यक्तिको नाम घोषणा गरिने जानकारी दिए । नयाँ व्यक्तिको मनोनयनलाई सिनेटले अनुमोदन गर्नुपर्दछ । 

हालैको चुनावबाट अमेरिकी संसद कङ्ग्रेसमा बहुमत ल्याएका डेमोक्रेटले जिन्केको आचरण र फजुल खर्चका विषयमा अनुसन्धान गर्ने सम्भावना थियो । डेमोक्रेट पार्टीले कङ्ग्रेस मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत चुनावी अभियान,व्यवसाय,प्रतिष्ठान र प्रशासनका बारेमा अनुसन्धान थाल्ने अनुमान पनि गरिएका छन् । 

जिन्केले राष्ट्रपति ट्रम्पको संघीय वातावरणीय नियम लागू गर्न तथा देशभित्रै ऊर्जा विकासलाई प्रबद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी वातावरण संरक्षण एजेन्सीका कार्यक्रमहरुमा अर्थपूर्ण सहभागिता जनाउने गर्थे । नेभी सिलमा काम गरेको बताउने जिन्केले अमेरिकी तेल तथा ग्यास उद्योगलाई पुनर्जीवित गर्ने योजना अगाडि सारेर स्थानीयबासीबाट प्रशंसा बटुलेका थिए । 

ट्रम्पले कहिल्यै पनि जिन्केसँग गहिरो निजी सम्पर्क स्थापित गरेनन्, तर वातावरणीय समूहबाट भएका आलोचनको दृढतापूर्वक प्रतिरक्षा गरेकामा जिन्केप्रति सम्मान प्रकट गर्थे । पछिल्लो समय जिन्केमाथि कङ्ग्रेसले छानबिन गर्ने सम्भावना बढेको निष्कर्षमा अमेरिकी प्रशासन पुगेको थियो । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप