बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बिओके र एसबिआइले आफ्ना सेयरधनीलाई कति दिने भए लाभांश ?

आइतबार, ०१ पुस २०७५, १३ : ३१
आइतबार, ०१ पुस २०७५

काठमाडौँ । बैंक अफ काठमाण्डुले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । 

मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (२०७४/०७५) को नाफाबाट सो लाभांश दिने निर्णय गरेको हो । 

बैंकले १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत र बैंकको साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् । 

यता नोपल एसबिआइ बैंकले पनि १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

बैंकले गत आर्थिक वर्षको नाफाका १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैंकको २५ औ साधारण सभाले र राष्ट्र बैंकले पारित गरेपछि लाभांश वित्तरण हुनेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ  । बोनस सेयर वित्तरणपछि ८ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप