एमबिबिएस सम्भाव्यता अध्ययन टोली जुम्लामा
जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ । प्राध्यापक डा.गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्राडा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको टोली शनिबार जुम्ला आएको हो ।
टोलीमा विश्वविद्यालय अनुदान आयोगका केदारप्रसाद आचार्य, शिक्षा मन्त्रालयका विष्णुप्रसाद मिश्र र कर्णाली प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले रहेका छन् । एमबिबिएस अध्ययन शुरु गर्दा आइपर्ने समस्या, चुनौती र सम्भावना अध्ययन गरी प्रतिवेदन तयार गर्ने र शिक्षा मन्त्रालयलाई बुझाउने कार्यदलको योजना रहेको छ ।
टोलीले अस्पतालको गहनरूपमा निरीक्षण गरेको छ । टोली दुई दिन जुम्लामा बस्ने योजना रहेको छ । शिक्षा मन्त्रालयले खोजेका सबै पक्षलाई अध्ययन गरी प्रतिवेदन तयार गर्ने कार्यदलका संयोजक प्राडा गिरीले बताए । कार्यदलले प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतसहित राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन तथा प्रतिष्ठानसँग बैठक बसी गहनरूपमा छलफल गरेको छ ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले प्रतिष्ठानको ऐनमा पनि कर्णाली प्रदेशको जुम्लामा एमबिबिएस अध्ययनका लागि व्यवस्था गरेको बताए । उनले भने, ‘कर्णाली प्रदेशको जुम्ला १० जिल्लाको केन्द्र पनि हो र अन्तर जिल्ला सडक संजालले जोडिएकोले विरामी आउन जान सहज भएकोले पनि यहाँ एमबिबिएस कार्यक्रम संचालन गर्न उपयुक्त छ ।’
प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंका अनुसार टोलीले यहाँ एमबिबिएस पढाइका लागि प्राध्यापक भर्ना गर्ने प्रक्रिया सुरु भइसकेको छ । उनले भने, ‘त्यस्तै आवश्यक पूर्वाधार तयारीमा जुटेका छौँ । आधारभूत विज्ञान प्रयोगशाला तथा पाठ्यक्रम तयार पार्ने काम पनि भइरहेको छ ।’
जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरामा स्वास्थ्य क्षेत्रको विकास गर्न सरकारले २०६८ सालमा जुम्लामा यो प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थेसिया) सहायक तर्फका पढाइ सञ्चालन गरिरहेको छ । चालु शैक्षिक सत्रमा स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन सुरु गराउन प्रवेश परीक्षा लिइसकेको प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना