तीन एसपीको काज सरुवा, नुवाकोटमा कृष्ण पल्लीमगर
आइतबार, ०१ पुस २०७५, १४ : ०५
काठमाडौं– प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार नुवाकोटको प्रहरी प्रमुखमा कृष्णबहादुर पल्लीमगरलाई पठाईएको छ । पल्लिमगर यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत थिए ।
नुवाकोटका एसपी वसन्त कुँवरलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालयमा कार्यरत रविन्द्र केसीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै