शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रामसागर बहुमुखी क्याम्पसका प्रमुखमाथि कालोमोसो

आइतबार, ०१ पुस २०७५, १५ : ००
आइतबार, ०१ पुस २०७५

जनकपुर– प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपालका विद्यार्थीहरुले जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख बिजयलाल दासलाई कालोमोसो दलेका छन् । आईतबार राराब क्याम्पसका प्रमुख दासमाथि कार्यकक्षमा बसेको बेला राष्ट्रिय विद्यार्थी संघको अगुवाईमा  कालोमोसो दलिएको हो ।

संघले लामो समयदेखि १९ सुत्रीय माग राख्दै पढाईको माग गर्दै आन्दोलन गर्दै आएको थियो । क्याम्पस प्रमुख दासले वास्ता नगरेको भन्दै आक्रोसित विद्यार्थीको समुहले कार्यकक्षमै पसेर कालोमोसो दलेको विद्यार्थी कुलदिप साहले जनाए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप