शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घर भाडावापतको रकम फिर्ता गर्ने योगेश भट्टराईको घोषणा

आइतबार, ०१ पुस २०७५, १६ : ३५
आइतबार, ०१ पुस २०७५

काठमाडौं–नेकपा सांसद योगेश भट्टराईले घरभाडावापत लिँदै आएको रकम फिर्ता गर्ने घोषणा गरेका छन् । 

आइतबार एक विज्ञप्तिमार्फत घरभाडा वापत पाएकाे २०७४ फागुनदेखि ०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई अनुरोध गरेका छन् । 

नीजि घर हुँदाहुँदै पनि घरभाडावापतको रकम लिनेको सूचीमा भट्टराईको पनि नाम रहेको खुलासा भएपछि आफ्नो बचाउ गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडाैंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु । ’

संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी कमजारी हुन पुगेको उनको विज्ञप्तिमा उल्लेख छ । लामो राजनीतिक यात्रा तय गरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै भट्टराईले आफूबाट गैरकानुनी तथा गलत आचरणका कार्य नहुने स्पष्ट पनि पारेका छन् । 
 । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप