बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दुराष्ट्रको पक्षमा कांग्रेस नेताहरुले गरे हस्ताक्षर संकलन

आइतबार, ०१ पुस २०७५, १८ : ००
आइतबार, ०१ पुस २०७५

काठमाडौं– कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रको मुद्धामा बहस चर्किने भएको छ । त्यसका लागि आइतबार पार्टी केन्द्रीय सदस्य र महासमिति सदस्यहरुले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर समेत संकलन गरेका छन् ।   

पार्टीको महासमिति बैठक चलिरहेका बेला ५ सयभन्दा बढी महासमिति सदस्यहरुले मुलुकलाई हिन्दु राष्ट्र बनाउनुपर्ने भन्दै हस्ताक्षर संकलन गरेका हुन् । हस्ताक्षर अभियानको नेतृत्व कांग्रेस केन्द्रीय सदस्य तारानाथ रानाभाट, शंकर भण्डारी, राजुबाबु जोशी लगायतले गरेका छन् ।

उनीहरुले हिन्दु राष्ट्रको पक्षमा पार्टी नेतृत्वको ५ सयसहित सर्वसाधारणबाट संकलन गरिएको ८ सय जनाको हस्ताक्षर समेत महासमिति बैठकमा बुझाउने तयारी गरेका छन ।   पछिल्लो समय कांग्रेसभित्र हिन्दु राष्ट्रको मुद्धाको बहस चर्किदै गएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप