शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर इपीएल क्रिकेटको दोस्रो चरणमा

आइतबार, ०१ पुस २०७५, २० : ३३
आइतबार, ०१ पुस २०७५

काठमाडौं– ललितपुर प्याट्रीयट्स टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ । टियु मैदान किर्तिपुरमा आइतबार भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सलाई ६ विकेटले हराउँदै दोस्रो चरणमा पुगेको हो ।

भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले १४.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । ललितपुरको जितमा पवन सरार्फले २५ र जयकिशन कोल्शावालाले अविजित २२ रन बनाए । सन्दीप जोराले अविजित १८ रन बनाए । बलिङमा भैरहवाका रायन टेन डेसकाटेले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा सवै विकेट गुमाएर ९२ रन बनाएको थियो । भैरहवाका लागि रायन टेन डोसकाटेले ३७ रन बनाए । रबीन्दर सिंहले २५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

भैरहवालाई सस्तैमा समेट्न ललितपुरका सन्नी पटेल एक्लैले पाँच विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए । योगेन्द्रसिंह कार्की र राशिद खानले दुई दुई विकेट झारे । जितसँगै ललितपुरले पाँच खेलबाट आठ अंक बनायो । यसअघि ६ अंक बनाएको भैरहवाको पनि प्ले अफमा पुग्ने सम्भावना जिवित छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप