शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसले छोराको खेल हेर्दाहेर्दै ज्यान गुमाए...

आइतबार, ०१ पुस २०७५, २२ : ४४
आइतबार, ०१ पुस २०७५

एजेन्सी –फुटबल मैदानमा सधैं हार जितको खेल मात्र हुँदैन । कहिलेकाहीँ कारुणिक घटना पनि भइदिन्छन्  । जर्मनीमा त्यस्तै दुखद घटना भएको छ ।  जारी बुन्डेस लिगा फुटबल अन्तर्गत शनिबार राती स्टुटगार्ड र हेर्था बीएससीबीचको खेल थियो । 

उक्त खेल हेर्न स्टुटगार्टका कप्तान क्रिस्टियन जेन्टनरका बाबु हर्बट जेन्टनर स्टेडियम पुगेका थिए । खेलमा स्टुटगार्टले हेर्था बीएससलाई २–१ गोलले हरायो ।

 स्टेडियममा बसेर छोराको खेल हेरिरहेका हर्बट छोराको टोली स्टुटगार्डले गोल गर्दा खुशीले निकै रमाए र उफ्रिए पनि । उफ्रने क्रममा अचानक अचेत भएर प्यारापिटमै ढलेका हर्बटलाई छेउछाउका सर्मथकले देखे । तत्काल हर्बटको उपचारका लागि डाक्टर पनि बोलाइयो ।

खेल सकिएपछि टोलीको विषयमा कप्तान क्रिस्टियन सञ्चारकर्मीलाई अन्तर्वाता दिइरहेका थिए । त्यति बेलासम्म उनलाई बाबु अचेत रहेको जानकारी दिइएको थिएन । अन्तर्वाता पछि जब क्रिस्टियन ड्रेसिङ रुपमा छिरे । त्यहाँ पुगेपछि मात्र उनले बाबु अचेत बनेको खवर सुने । क्रिस्टियन तत्काल दौडदै बाबु भएकोे ठाउँमा पुगे । जहाँ डाक्टरहरु उनको बाबुको ज्यान बचाउने कोशिसमा तल्लीन थिए । तर डाक्टरको प्रयासले सफलता पाएन । हर्बटले स्टेडियममै ज्यान गुमाए ।

डाक्टरले क्रिस्टियनलाई बाबुको मृत्यु हृदयघात (हर्टअट्याक) का कारण भएको बताए । त्यसपछि स्टुटगार्डको जितको खुशी एकाएक आँसुमा परिणत भयो । यस घटनाले मर्माहत भएका क्रिस्टियनले बिस्तारै आफुलाई सम्हाले ।

तर छोरोको खेल हेरेर फर्कन्छु भनेर घरबाट निस्किएका हर्बट कहिल्यै नर्फकने गरी गएपछि परिवार शोकमा डुबेको छ । हर्बटको निधनप्रति सिंगो जर्मन फुटबल र स्टुटगार्ट क्लबले गहिरो समवेदना प्रकट गरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप