बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तेल ढुवानीमा ‘भेहिकल ट्र्याकिङ सिस्टम’ को तयारी

सोमबार, ०२ पुस २०७५, ०७ : २९
सोमबार, ०२ पुस २०७५

काठमाडौँ – पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्र्र्रयोगमा ल्याउने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

इन्डियन आयल कर्पोरेट (आइओसी) बाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजल चोरी भएको घटना सार्वजनिक भएपछि यो प्रविधिमा पनि प्रश्न उठेको छ । 

अहिले प्रयोगमा ल्याएको लकिङ सिस्टममा पनि छिटपुट चोरीका घटना भएपछि निगमले अझ उन्नत प्रविधि प्रयोग गर्ने रणनीति बनाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप