मेस्सीको ह्याट्रिकमा बार्साको सानदार जित
एजेन्सी — कप्तान लियोनल मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लिभान्तेमाथि ५–० गोलको सानदार जित हात पारेको छ ।
लिभान्तेको घरेलु मैदानमा आइतबार राती भएको खेलमा मेस्सीले ह्याट्रिक पूरा गर्दा लुईस स्वारेज र जेरार्ड पिकेले एक एक गोल गरेका थिए ।
स्वारेजले ३५औं मिनेटमा खाता खोलेका थिए । ४३औं मिनेटमा मेस्सीले गोलगर्दै पहिलो हाफमा बार्साको अग्रता दोब्बर बनाए । मेस्सीले ४७औं र ६०औं मिनेटमा लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक हो ।
७६औं मिनेटमा लिभान्ते १० खेलाडीमा समेटिएको थियो । लिभान्तेका इरिक काबाको रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि बार्सिलाोनाले पुन अर्को गोल थप्यो । ८८औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए ।
यस जितसँगै शीर्ष टोली बार्सिलोनाले ३४ अंक बनाएको छ । ३२ अंक बनाएको लिभान्ते आठौं स्थानमा छ । बार्सिलोना दोस्रो र तेस्रो स्थानमा हरेका सेभिल्ला र एट्लेटिको म्याड्रिडभन्दा तीन अंकले अगाडी छ । सेभिल्ला र एट्लेटिको समान ३१ अंक छ । चौथो स्थानमा रहेको रियल म्याड्रिडको २९ अंक छ ।
आइतबार राती नै भएको अर्को खेलमा सेभिल्लाले गिरोनालाई २–० गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । सेभिल्लाको जितमा इभर बनेगाले पेनाल्टी मार्फत ५५औं र र पाब्लो सर्वियाले ६४औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा रियल बेटिसले स्पान्योललाई ३–१ गोलले हरायो । भिल्लारियल र हुईस्काले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा