बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुल फेरी शीर्ष स्थानमा

सोमबार, ०२ पुस २०७५, ०९ : २५
सोमबार, ०२ पुस २०७५

एजेन्सी — शीर्ष टोलीबीचको नतिजाले इङ्लिस प्रिमियर लिगको गणितिय समिकरण रोचक बन्दै गएको छ । लिगमा कहिले सिटी र कहिले लिभरपुलले शीर्ष स्थान ओगड्ने क्रम जारी छ ।

लिग अन्तर्गत आइतबार भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३–१ गेलले हराउँदै फेरी शिर्ष स्थान कब्जा गर्यो ।

लिभरपुलले लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । यस जितसँगै लिभरपुलले दोस्रो स्थान रहेको म्यानचेस्टर सिटीलाई एक अंकले मात्र पछि पारेको छ । लिभरपुलले १७ खेलबाट ४५ अंक बनाएको छ । समान खेलबाट सिटीको ४४ अंक छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन साडियो मानेले २४औं मिनेटमा पहिलो गोल गरे । जेहर्दान साकिरीले ७३औं र ८०औं मिनेटमा दुई गोल थपे । यसअघि युनाइटेडका जेसे लिङ्गार्डले ३३औं मिनेटमा एक गोल फर्काएका थिए । लिभरपुलसँगको हारपछि २६ अंक बनाएको युनाइटे छैटौ स्थानमा यथावत छ ।

यसैगरी आइतबार रातीनै भएको अर्को खेलमा चेल्सीले ब्राइटन होभ अल्वियोनलाई उसकै मैदानमा २–१ गोलले हरायो । अर्को खेलमा आर्सनलले साउथह्याम्टनको मैदानमा नमिठो हार खेप्यो । साउथह्याम्टनले आर्सनललाई ३–२ गोलले हरायो ।

चेल्सीको जितामा पेड्रोले १७औं र इडेन हाजार्डले ३३औं मिनेटमा गोल गरेका थिए । ब्राइटनका लागि सोली मार्चले ६६औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै ३७ अंक बनाएको चेल्सी चौथो स्थानमा छ । ब्राइटन २१ अंक सहित १३औं स्थनमा छ । हारसँगै पाँचौं स्थानमा रहेको आर्सनलको ३४ अंक छ । १२ अंक बनाएको साउथह्याम्टनले रेलिगेसन रेखामात्र छलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप