शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख खानको फिल्म ‘जीरो’ का १५ रोचक जानकारी

सोमबार, ०२ पुस २०७५, ०९ : ३४
सोमबार, ०२ पुस २०७५

एजेन्सी – फिल्ममा भूमिका निभाउने मात्रै होइन भूमिकामा नै भिज्न सक्ने क्षमताका धनि बलिउडका ‘रोमान्स किंग’ शाहरुख खानको फिल्म ‘जीरो’ केही दिनमा रिलीज हुने तयारीमा रहेको छ । 

उनले यो फिल्ममा रोमान्सलाई दोहोर्याएका छन् तर फरक ढंगले । उनले फिल्ममा ‘पुड्को’ व्यक्तिको भूमिकामा आफूलाई प्रस्तुत गरेका छन् । फिल्मको ट्रेलर धेरै मन पराइएको छ । फिल्मले पुड्को युवक र फिल्म स्टारसँगको प्रेमलाई देखाएको छ भने अर्कोतिर एक अशक्त युवतीको कथालाई पनि देखाएको छ । त्रिकोणात्मक प्रेमकथामा रहेको यो फिल्मको केही रोचक कुराहरु ः 


१. फिल्म ‘जीरो’ शाहरुख खानको फिल्म जीवनकै सबैभन्दा महंगो फिल्म हो । यो फिल्मको निर्माणमा १०० करोड भारतीय रुपियाँ खर्च भएको थियो । 
 
२. सन् २०१२ मा ‘कृष’ हेरेपछि आनन्द एल रायले ‘जीरो’ बनाउने योजना बनाएका थिए । 

 ३. यो फिल्मको नाम सुरुमा ‘जीरो’ नभइ बउआ, बौना, बटका, बन्धुवा, बटला र कैटरीना मेरी जान जस्ता नाम छानिएका थिए । 

४. फिल्मको नाम कैटरीना मेरी जान लगभग अन्तिम भइसकेको भएपनि फिल्म कैटरीना केन्द्रीत हुने भन्दै परिवर्तन गरिएको थियो । 

 ५. यो फिल्ममा मुख्य नायकको रुपमा शाहरुख खानलाई नभई सलमान खानलाई अफर गरिएको थियो । तर फिल्मको कहानी सुनेर सलमानले फिल्म खेल्न इन्कार गरिदिए , 

 ६. ‘जीरो’ मा काम गर्नको लागि शाहरुख खानले मार्च २०१६ मा सहमति जनाएका थिए । 

७. शाहरुख खान बलिउडकै पहिलो पुड्को व्यक्तिको भूमिका निभाउने कलाकार हुन् । 
 
८. फिल्ममा कैटरीनालाई शाहरुख भन्दा पहिले चुनिएको थियो । सलमान खानले यो फिल्म खेल्न कैटरीनालाई सुझाएका थिए । 

 ९. केही वर्षअघिको चर्चित फिल्म ‘जब तक है जान’ मा सँगैसँगै काम गरेका शाहरुख, कैटरिना र अनुष्का पुनः एकसाथ यो फिल्ममा देखिने भएका छन् । 
 
१०. ‘जीरो’मा फिल्म स्टारको भूमिका निभाएकी कैटरीना कैफलाई उनको आफ्नै नाममा भूमिका निभाउने आग्रह गरिएको थियो । तर पछि फिल्ममा उनको नाम बबीता राखियो । 

११. हलिउड फिल्म ‘द लर्ड अफ रिङ्ग्स्’ मा प्रयोग गरिएका प्रविधिको प्रयोग गरि निर्माण गरिएको ‘जीरो’ मा फोर्स प्रस्पेक्टिभ फोटोग्राफीको माध्यमबाट कलाकारलाई होचो, अग्लो जस्ता भ्रम पैदा गरेर फिल्म शुटिङ गरिएको हो । 

 १२. आफ्नो भूमिकाको लागि अनुष्का शर्माले थेरापिस्ट र अडियोलोजोस्टिसँग भेटघाट गरेकी थिइन् । ती दुवै विज्ञ उनको शुटिङभरी उपस्थित थिए । 

 १३. फिल्म सुटिङको सुरुमा अनुष्काले शाहरुखलाई समेत हतार नगर्न आग्रह गरेकी थिइन् । उनी आफ्नो भूमिकामा पोख्त हुन नसकेपछि पुनः टेक लिन आग्रह गरेकी थिइन् । तर पछि उनी भूमिकामा भिज्दै गइन् र काम सहज हुँदै गएको बताइन् । 
 
१४. शाहरुख, अनुष्का र कैटरीना सँगसँगै फिल्ममा बलिउडका सुपर स्टारहरु सलमान खान, अभय देओल, आर माधवन, काजोल, रानी मुखर्जी , श्रीदेवी, करिश्मा कपूर, आलिया भट्ट र जूही चावलालाई समेत देख्न सकिन्छ । 

 १५. निधन हुनुभन्दा केही दिन अगाडि श्रीदेवीले यो फिल्मको शुटिङ गरेकी थिइन् । यो नै उनको जीवनको अन्तिम बलिउड फिल्म भयो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप