शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर लगानीकर्ताहरु आजदेखि आमरण अनशनमा

सोमबार, ०२ पुस २०७५, ११ : ३८
सोमबार, ०२ पुस २०७५

काठमाडौं–सेयर लगानीकर्ताहरुको दवाव समूहले अर्थमन्त्रालयले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले अल्मल्याउन खोजेको भन्दै पुस २ गतेबाट आमरण अनसन शुरु गरेका छन् । मंसिर २० गते गठन भएको समितिको मंसिर २८ गते प्रतिवेदन बुझाउने म्याद थियो । 

सो समयमा पनि ठोस कदम नचाली लगानीकर्ता झुक्याउने काम भएको भन्दै आमरण अनशन शुरु गरेका हुन् । दबाव समुहबाट हरि ढकाल र तिलक कोइराला  अनसनमा बस्ने तयारी छ । समूहले नेप्से र ब्रोकरलाई समेत आमरण अनसनको औपचारीक जानकारी गराइसकेको छ । 

अहिलेको परिस्थतिबाट लगानीकर्ता मात्र  नभइ सेयर दलालपनि समस्यामा परेको दबाव मुलक समुहको ठहर छ । ५० ब्रोकर कम्पनीमध्ये मुस्किलले  १० ब्रोकरले मात्र आफ्नो खर्च धान्न सकेको र यहि अवस्था आइरहे कम्पनी चल्नै नसक्ने अवस्थामा रहेको दबावमुलक समुहले जनाएको छ । 

मुद्रा र पुँजी बजारमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले गठने गरेको उच्चस्तरीय समितिले यसै साता प्रतिवेदन पेश गर्ने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप