शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रशंसकलाई झापड हानेको भिडियो भाइरल भएपछि नायिका जरिन खानको स्पष्टोक्ति

सोमबार, ०२ पुस २०७५, १२ : ५९
सोमबार, ०२ पुस २०७५

शुक्रबार एक पसलको उद्घाटनका लागि औरंगाबाद पुगेकी नायिका जरिन खानले एक व्यक्तिलाई झापड हानेकी थिइन् । उक्त घटनाको एउटा भिडियो सार्वजनिक भएपछि नायिकामाथि प्रश्न उठ्न थालेको थियो । यसबारे अब नायिकाले स्पष्टीकरण दिएकी छिन् । उनका अनुसार भीडको फाइदा उठाएर ती व्यक्तिले नायिकामाथि दुर्व्यवहार गरेका थिए ।

यो हो नायिकाको आरोपः

पसलको उद्घाटनका लागि औंरगाबाद पुगेकी नायिका जरिन खानमाथि एक व्यक्तिलाई थप्पड हानेका कारण मल बाहिर हंगामा भएको र भीडलाई नियन्त्रण गर्नका लागि लाठीचार्ज गर्नुपरेको आरोप लागको थियो । स्थानीयले नायिकाविरुद्ध दर्ता गर्ने माग पनि गरिरहेका छन् ।

जरिन खानको स्पष्टिकरणः

जरिन खानले यसबारे भनेकी छिन्, ‘त्यहाँ मैले जे गरेँ त्यो हरेक महिलाले गर्नुपर्छ । यसको ऊजुरी उनले औंरगाबाद पुलिसलाई पनि दिएकी छिन् । उनले भनिन्, ‘जब म मल पुगेँ तब भीडको फाइदा उठाउँदै केही मानिसहरुले दुर्व्यवहार गरे । मलाई लाग्यो कि मानिसहरुले मलाई बचाउनेछन् तर मलाई भीडमा एक्लै छोडियो ।’

उनले थपिन्, ‘भीडमा केही मानिसहरु मेरो कारतिर आए र मलाई गलत तरिकाले छुने कोसिस गरे । म भीडमा फसेकी थिएँ र निकै मुश्किलले निस्कन पाएकी थिएँ । मानिसहरु मेरो कारभित्र समेत हात छिराइरहेका थिए । सेल्फीको नाममा ममाथि दुर्व्यवहार गर्ने कोसिस गरिँदै थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप