शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो आर १७ प्रो नेपालमा, यस्ता छन विशेषता

सोमबार, ०२ पुस २०७५, १३ : ४५
सोमबार, ०२ पुस २०७५

काठमाडौं– ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ । उपभोक्ताका दैनिक अवश्यकताको पूर्ति गर्ने सोचका साथ आर १७ प्रो नयाँ आकर्षक ग्राडियण्ट डिजाइन र नवप्रबर्तनात्मक प्रविधिको उत्कृष्ट समायोजनका रुपमा सार्वजनिक गरिएको ओपोले जनाएको छ ।

न्यूरोडमा आइतवार फस्र्ट सेल कार्यक्रमको आयोजना गर्दै कम्पनीेले आधिकारिक रुपमा नेपालमा आर १७ प्रोको विक्रि आरम्भको घोषणा गरेको हो । स्क्रिनको ९१.५% ओगट्ने १९.५ः९ एफएचडी+ ६.४ ईञ्च स्क्रिन सहितको आर १७ प्रोमा वाटर ड्रप स्क्रिनको प्रयोग छ ।

उपभोक्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभव दिने सोचका साथ कम्पनीले फोनको फस्ट क्यामेरा वाटर ड्रप लेटको मध्यभागमा समायोजित गरेको छ । फोनको गति र कार्य क्षमतामा तिब्रताका लागि ८ जीबी र्याम + १२८ जीबी रोम सहितको आर १७ प्रो, कोरनिङ गोरिल्ला ग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो ।

कलर ओएस ५.२मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न््याप ड्र्यागन ७१० प्रोसेसरले शक्ति प्रदान गर्छ । यसको मूल्य ८९ हजार ९ सय ९० तोकेको छ । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपालमा आर सिरिज प्रवेशको घोषणा गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ ।

ओपोमा हामी सँधै उपभोक्ताको आवश्यकता अनुसारका उत्पादन निर्माणका लागि बृहत आर एण्ड डीमा जोड दिन्छौँ । कुनै पनि उत्पादनको निर्माण गर्दा हामी त्यसलाई आकर्षक डिजाइन तथा उत्कृष्ट प्रविधिको संयुक्त नमुना बनाउने तिर विशेष ध्यान दिन्छौँ । यही सोचका साथ हामीले आर १७ प्रोलाई नवप्रबर्तनात्मक प्रविधिका साथै उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्तालाई प्रतियोगितात्मक यूगमा कटिङ एड्ज स्मार्टफोनका रुपमा आर १७ प्रोको निर्माण गरेका छौँ ।’

ग्राडियण्ट डिजाइन

नेबुला पर्पल रंगमा आर१५ सार्वजनिक गरे देखि नै ओपोको चर्चा छ । आर १७ प्रोमा कम्पनीले प्रकाशलाई उपकरणको माथिल्लो तहमा बहन सघाउने लाईट कन्डेन्सिङ तह सहित नयाँ अवधारणामा आधारित ‘थ्री कलर र बाई÷क्वाड डिरेक्सन’ ग्राडियण्ट डिजाइनको प्रयोग गरेको छ । कम्पनीले नयाँ फोनलाई आकर्षक ¥याडियण्ट मिस्ट रंगमा उपलब्ध गराएको छ । 

नव प्रबर्तनात्मक प्रविधि

हिडन फिंगर प्रिण्ट अनलक सहितको आर १७ प्रोमा प्रयोगकर्तालाई तिब्र गतिमा सुरक्षित तवरले चार्ज गर्न सघाउने सुपरभोक फ्ल्यास चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । उपभोक्ताको माग र ब्यवहारको गहन अध्ययन पश्चात सुपरभोक प्रविधिको विकास गरिएको हो ।

यो प्रविधिले आर १७ प्रो प्रयोगकर्तालाई करिव १० मिनेटको समयमै आफ्नो फोनको ब्याट्रि ४०% चार्ज गर्ने क्षमता प्रदान गर्छ । उपभोक्ताको तिब्र गतिमा विश्वसनिय, सुरक्षित र टिकाउ तरिकाले चार्ज गर्ने चाहनाको सम्बोधनार्थ कम्पनीले यो चार्जिङ प्रविधिको विकास गरेको हो । फोनले मोबाइल पेमेन्टलाई सहज र सुलभ बनाउने एनएफसी ताररहित भुक्तानी सुविधा पनि प्रदान गर्छ ।

फोटोग्राफी
‘नाइट सुटिङ’ अझैपनि स्मार्टफोन उद्योगकालागि एक प्रमुख चुनौतिका रुपमा विद्यमान छ । विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखी ओपो आर १७ प्रोमा हार्डवेयर तथा सफ्टवेयर दूवै पक्षमा स्तारोन्नती गरिएको छ । आर १७ प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभल एआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ । फोनमा दिइएको एआई अल्ट्रा–क्लियर ईञ्जिन ओपोको तस्विर परिस्कृत गर्ने प्रविधि हो । यसले हार्डवेयरको सिमाभन्दा माथी उठेर तस्विरको गुणस्तरमा बृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउँछ ।

ओपो आर १७प्रोमा एफ१.५एफ२.४को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दुबै अवस्थामा तस्विरलाई स्पष्ट र गुणस्तरिय बनाउन स्वचालित रुपमा आफुलाई समायोजन गर्ने क्षमता राख्छ । त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधिपनि छ । 

यसले फोनमा उपलब्ध गरिएको ७पी लेन्स मोड्यूलको माध्यमबाट रातको समयमा खिचिने तस्विरलाई उज्यालो बनाउन लामो एक्स्पोजरको प्रयोगकता दौरान तस्विरलाई स्टेबलाइज गर्न सघाउँछ । ओपो आर१७प्रोको समग्र हार्डवेयर प्रणालीको डिजाइन नै विशेषगरी नाइट फोटो ग्राफीलाई ध्यानमा राखि गरिएको छ । 

एआर स्टिकर्स

सेल्फी सेयर गर्न सकियोस् भन्ने सोचका साथ आर १७ प्रोमा एआर स्टिकर सुविधा पनि उपलब्ध गरिएको छ । तेस्रो पक्षिय एप डाउनलोड गर्न नपर्ने गरी फोनको क्यामेरा एपमा ईनब्यूल्ट रुपमै फोनमा समावेश गरिएको छ ।

हिडन फिंगरप्रिन्ट अनलक

प्रयोगकर्ता अनुभवलाई थप एक कदम अगाडी लग्दै ओपोले नयाँ फिचरका रुपमा आर १७ प्रोमा ‘हिडन फिंगरप्रिन्ट अनलक’ उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई विना कुनै झञ्झट अझ सहज तरिकाले फोन अनलक गर्न सघाउँछ । 

कलर ओएस ५.२

कम्पनीले आर १७ प्रोमा कलर ओएस ५.२मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणालीको प्रयोग गरेको छ । यस ओएसमा थपिएको फिचरका रुपमा फुल स्क्रिन मल्टि टास्किङ स्मार्टबारलाई लिन सकिन्छ । यसले प्रयोगकर्तालाई गेमिङ वा भिडियो हेर्ने जस्ता फुल–स्क्रिनकार्य गरिरहँदा म्यासेजको रिप्लाई गर्ने लगायत कार्यमा सहजता प्रदान गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप