मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा, लाग्यो गणतन्त्रविरुद्ध नारा

सोमबार, ०२ पुस २०७५, १५ : २७
सोमबार, ०२ पुस २०७५

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले पोखरामा भव्य स्वागत गरेका छन् । सोमबार बिहान पोखरा विमानस्थलमा उत्रिएका पूर्वराजा शाहलाई भव्य पुष्पगुच्छासहित उनका समर्थकहरुले स्वागत गरेका हुन् । 

पूर्वराजा शाह विमानस्थलमा उत्रिएलगत्तै उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए भने गणतन्त्रको विरोध गरेका थिए । उनीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’  भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गरेका थिए । 

पूर्वरानी एवम् पत्नी कोमल शाहसहित पोखरा पुगेका ज्ञानेन्द्रलाई हेर्न चाहने सर्वसाधारणहरुको समेत घुइँचो लागेको थियो ।     पूर्वराजा शाह एकसाताको लागि पोखरा भ्रमणमा निस्किएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप