शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेईएको अध्यक्षमा बज्राचार्य निर्वाचित, अरु को–को आए ?

सोमबार, ०२ पुस २०७५, १७ : ५३
सोमबार, ०२ पुस २०७५

काठमाडौं– नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल ईन्जिनियर्स एशोसियसन ( नेईए)को अध्यक्षमा त्रिरत्न बज्राचार्य निर्वाचित भएका छन् । गत मंसिर २८ गते भएको नेईएको ३२ कार्यकारिणी समितिको निर्वाचनमा  बज्रचार्य अध्यक्षमा निर्वचित भएका हुन् ।  त्यस्तै एसोसियसनको उपाध्यक्षमा   आशिष घिमिरे निर्वाचित भएका छन् । 

त्यस्तै एसोसियसनको महासचिवमा छविराज पोख्रेल निर्वाचित भएका छन् भने सहसचिवमा कपिल आचार्य निर्वाचित भएका छन् । 

त्यस्तै कोषध्यक्षमा रामएकवाल यादव निर्वाचित भएका छन्  भने एसोसियसनको सह–कोषध्यक्षमा  चादमाला श्रेष्ठ निर्वचित भएकी छन् । 

एसोसियसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचन मंसिर २८ गते भएको थियो । सो निर्वाचनमा प्रगतिशील समूहको तर्फबाट प्रा.डा. त्रिरत्न बज्रचार्य र लोकतान्त्रिक समूहको तर्फबाट प्रा.डा. हिरेन्द्रमान प्रधानको टिम चुनावी प्रतिस्पर्धामा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप