विराटनगर समूह चरणबाटै बाहिरियो
काठमाडौँ । काठमाडौँ किङ्ग्स–११ यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टोली विराटनगर वारिवर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ क्वालिफायरमा पुगेको हो । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौँले १७ ओभर ५ बलमा मात्र पाँच विकेट गुमाएर पूरा ग¥यो । काठमाडौँका लागि केभिन ओब्राएनले नटआउट ४५ रन जोडे । प्रदीप साहुले अविजित २१ रन जोडे ।
विराटनगरका पारस खड्का र भान डेर मेर्वीले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ पाएको पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १७ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै १०० रन मात्र बनाएको थियो ।
विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५, हरिबहादुर चौहानले २२ र कप्तान खड्काले २१ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौँका केभिन ओब्राएनले तीन, विक्रम भूषाल, रोहन मुस्तफा र प्रदीप साहुले दुई÷दुई विकेट लिएका थिए । जितसँगै काठमाडौँले पाँच खेलबाट आठ अङ्कसहित लिगको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ ।
काठमाडौंले अब फाइनल प्रवेशका लागि ललितपुर प्याट्रियट्ससँग खेल्नेछ । ललितपुर आठ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भयो । ललितपुर र काठमाडौँबीचको खेल मङ्गलबार हुनेछ ।
विराटनगर पराजित भएपछि चितवन टाइगर्स प्ले अफमा पुगेको छ । चितवनले अब इलिमिनेटरमा भैरहवा ग्लाडियटर्ससँग खेल्नेछ ।
चितवन र विराटनगरको पाँच खेलबाट समान चार अङ्क रहे पनि रन रेटको आधारमा चितवन अघि रहँदै प्ले अफमा पुगेको हो । इपिएलको नियममानुसार शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान बनाउने छन् ।
क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । इपिएलमा छ टोली थिए । विराटनगरसँगै पोखरा पनि समूह चरणबाटै बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?