शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समायोजनमा विभेद गरेको भन्दै कामकाज ठप्प

सोमबार, ०२ पुस २०७५, २० : ०३
सोमबार, ०२ पुस २०७५

काठमाडौँ । स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै देशभरका स्थानीय तहको कामकाज ठप्प पारेका छन् । 

कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । 

उनले समायोजन गर्दा सबै कर्मचारीलाई एउटै नियमअनुसार गर्नुपर्नेमा आफूहरुलाई विभेद गरिएको बताए । 

उनले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम चलिनै रहने जानकारी दिए । अध्यादेशमा सङ्घका निजामती कर्मचारीलाई समायोजनन गर्दा एक तह बढुवा गर्ने व्यवस्था गरेको छ । 

उनका अनुसार भोलिदेखि तीन दिनसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने बताए । पहिलो चरणअन्तर्गत माग सुनवाइ नभए पुनः दोस्रो चरणको आन्दोलन गर्ने उनले जानकारी गराए । 

देशभरि सबै स्थानीय तहमा स्थायी र अस्थायी गरी करीब २० हजार कर्मचारी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप