शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्ष कान्छीसँग विवाह गरेकोमा पहिलो पटक बोले नायक मिलिन्द

मङ्गलबार, ०३ पुस २०७५, ०८ : २६
मङ्गलबार, ०३ पुस २०७५

बलिउड नायक मिलिन्द सोमनले यसै वर्ष अप्रिल २२ तारिखमा अंकिता कोंवरसँग विवाह गरेका थिए । दुबैको विवाह निकै चर्चामा रह्यो । यसको एक विशेष कारण दुलहा र दुलहीबीचको उमेर अन्तर । मिलिन्द ५३ वर्षको हुन् भने अंकित २७ वर्षकी । २६ वर्ष कान्छी श्रीमतीसँग विवाह गरेकोमा मिलिन्दलाई ट्रोल पनि गरियो । प्रेमिकासँग ड्रिम वेडिङपछि मिलिन्द सोमनले पहिलो पटक उमेर भिन्नताबारे बोलेका छन् ।

हालै, द विकसँगको कुराकानीमा मिलिन्दले भने, ‘म उमेरको भिन्नतालाई महत्व दिन्नँ । दुई मानिस सधैं भिन्न हुन्छन् चाहे त्यो उमेरको सन्दर्भमा होस्, पृष्ठभूमिका कारण, अनुभव वा संस्कृतिका कारण । त्यसकारण यस्ता भिन्नता सधैं हुन्छन् जसलाई बुझ्न र स्विकार गर्नु आवश्यक छ ।’

मिलिन्द सोमनले भने, ‘एउटा सम्बन्धलाई बलियो, सकारात्मक र स्वस्थ राख्नका लागि पुराना बानी छोड्नुपर्छ । सबैभन्दा महत्वपूर्ण त तपाईं आफ्नो पार्टनरलाई सहज महसुस गराउनुहोस् र उनलाई ती सबै कुरा पाउन मद्दत गर्नुहोस् जुन उनी चाहन्छिन् ।’

अंकितासँगको मिलिन्दको यो दोस्रो विवाह हो । उनले सन् २००६ मा नायिका मिलिन जेम्पेनोईसँग विवाह गरेकी थिइन् तर दुबै तीन वर्षपछि अलग्गिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप