शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् बलिउडका शीर्ष १० धनी नायिका

मङ्गलबार, ०३ पुस २०७५, १३ : १३
मङ्गलबार, ०३ पुस २०७५

फिल्म स्टार बन्नु त्यति सजिलो छैन तर यो एउटा यस्तो क्षेत्र हो जहाँ काम गरे अनुसार दाम पनि छ ।  अमेरिकी सेलिब्रिटीको तुलनामा बलिउड सेलिब्रिटीको स्केल कम छ तर उनीहरुको सम्पत्ति वर्षैपिच्छे बढ्दो छ । यहाँ बलिउडका १० धनी नायिकाबारे जानकारी दिइएको छ ।

१०. सोनम कपुर– १५ मिलियन डलर (१ अर्ब ७१ करोड रुपैयाँ)

बलिउडकी निकै प्रतिभाशाली नायिका सोनम कपुर यो सूचीको १० औं स्थानमा छिन् । उनी आफूलाई स्क्रिनमा जुनसुकै पात्रमा ढाल्न सक्छिन् । उनको फिल्म ‘निरजा’ ले निकै चर्चा बटुलेबमे थियो, यसका लागि उनी देशविदेशमा चर्चित भइन् ।

९. काजोल देवगन –१६ मिलियन डलर (१ अर्ब ८३ करोड रुपैयाँ)

काजोल देवगन बलिउड क्षेत्रमा निकै चर्चित नाम हो । उनी १६ मिलियन डलर सम्पत्तिसहित धनी नायिकाको सूचीको नवौं स्थानमा पर्छिन् ।

८.अम्रिता रावः २०.५ मिलियन डलर (दुई अर्ब ३४ करोड रुपैयाँ)

२०.५ मिलियन डलर सम्पत्तिसहित अम्रिता राव भारतकी आठौं धनी नायिका हुन् । उनीद्वारा अभिनित फिल्म ‘वेलकम टु सज्जनपुर’, ‘भिक्ट्रि’ निकै चर्चित रहे । अम्रिता राव संसारभरीकी ५० आकर्षक महिलाको सूचीमा परेकी थिइन् ।

७. अनुष्का शर्माः २५ मिलियन डलर (दुई अर्ब ८६ करोड रुपैयाँ)

अनुष्का शर्माले आफ्नो करियरको सुरुवात मोडलको रुपमा गरिन् । पछि उनी नायिका भइन् र अब फिल्म निर्माणमा पनि लागेकी छिन् । यी व्यस्त नायिक यो सूचीको सातौं स्थानमा छिन् ।

६. विद्या बालनः २५ मिलियन डलर (दुई अर्ब ८६ करोड रुपैयाँ)

टिभी सिरिज ‘हम पाँच’ मा विद्या बालनलाई सम्झिनुहुन्छ ? मानिसहरुले त्यहाँ उनको प्रस्तुती निकै रुचाएँ । तर त्यो सिरिज उनको करियरको सुरुवाती दिन थिए । ‘डर्टी पिक्चर’ मा अभिनयपछि उनले फिल्ममा निकै राम्रो रोल पाउन थालिन् । यससँगै उनको सम्पत्ति पनि बढ्दै गयो ।

५. प्रीति जिन्टाः ३० मिलियन डलर (तीन अर्ब ४३ करोड रुपैयाँ)

प्रीति जिन्टा ३० मिलियन डलर सम्पत्तिसहित यो सूचीको बीचमा परेकी छिन् । तर उनी लामो समयदेखि अभिनयबाट टाढा छिन् ।

४. ऐश्वर्या रायः ३५ मिलियन डलर (चार अर्ब १० लाख रुपैयाँ)

सन् १९९४ की विश्व सुन्दरी ऐश्वर्याले फिल्म ‘इरुभार’ मार्फत बलिउडमा पाइला टेकेकी हुन् । उनले थुप्रै फिल्ममा काम गरेकी छिन् जसमध्ये ‘और प्यार हो गया, धुम टु, हम दिल दे चुके सनम’ निकै चर्चित रहे ।

३. माधुरी दिक्षितः ३५ मिलियन डलर (चार अर्ब १० लाख रुपैयाँ)

माधुरी दिक्षित बलिउडकी निकै चर्चित नायिका हुन् । उनी एक जमानाकी सबैभन्दा धेरै कमाई गर्ने नायिकामध्येकी एक हुन् । उनको सम्पत्ति ३५ मिलियन डलर छ ।

२. प्रियंका चोपडाः ४० मिलियन डलर (चार अर्ब ५८ करोड)

विश्व चर्चित नायिका प्रियंका चोपडा सन् २००० की विश्व सुन्दरी पनि हुन् । हालै अमेरिकी गायक निक जोनससँग विवाह गरेकी उनको सम्पत्ति ४० मिलियन डलर छ ।

१. दीपिका पादुकोणः ४५ मिलियन डलर ( पाँच अर्ब १५ करोड)

भारतकी सबैभन्दा धनी नायिकाको सूचीको शीर्ष स्थानमा दीपिका पादुकोण छिन् । ‘ओम शान्ति ओम’ बाट बलिउडमा डेब्यू गरेकी उनको चर्चा दिनप्रति दिन बढ्दो छ । उनको सम्पत्ति ४५ मिलियन डलर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप