बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल अब ११० रुपैयाँ

मङ्गलबार, ०३ पुस २०७५, २० : १६
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौं । नेपाल आयल निगमले मंगलबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा २ रुपैयाँ घटाएको हो । 

नयाँ मूल्यअनुसार पेट्रोल अब ११० रुपैयाँमा बिक्री वितरण हुनेछ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ थियो । 

यस्तै निगमले डिजेल र मटितेलमा प्रतिलिटर समान २÷२ रुपैयाँ मूल्य घटाएको छ । मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन् । 

त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप