मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्यांकरले किच्दा थारुको घटनास्थलमै मृत्यु

मङ्गलबार, ०३ पुस २०७५, २१ : २७
मङ्गलबार, ०३ पुस २०७५

लुम्बिनी । लापरबाही गरि सवारीसाधन चलाउँदा रुपन्देहीमा ट्यांकरले किच्दा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सिद्धार्थ नगरपालिका १३ बस्ने ५५ बर्षीय धनप्रसाद थारु रहेका छन् । 

निजले साईकलमा यात्रा गरिरहेको बेला लु.१ ख.६४२० नं. को ट्यांकरले किचे पछि घटनास्थलमै मृत्यु भएको हो । 

लुसानपा ७ बस्ने ट्यांकर चालक राजकुमार यादव र ट्यांकरलाई प्रहरीले नियन्त्रणमा राखी आवश्यक कारबाही अघि बढाइएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए ।  

मृतक थारुलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप