शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्डेन बुटमा मेस्सीको कीर्तिमान

मङ्गलबार, ०३ पुस २०७५, २१ : ४७
मङ्गलबार, ०३ पुस २०७५

एजेन्सी । विश्वका अधिकांश फुटबल प्रेमीलाई लाग्छ, अर्जेन्टिनामा सुपर स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी फुटबलमा कीर्तिमान बनाउन जन्मिएका हुन् । 

मैदानमा उनको सफलता र उनले पाएको व्यक्तिगत उपलब्धिले यसलाई पुष्टी गर्दै गएको छ । मेस्सी र पूर्वरियल म्याड्रि«ड (हाल युभेन्ट्स) का पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबीच को ठूलो ? भन्ने होडबाजी हरेक दिन चल्छ । 

प्राय होडबाजीमा मेस्सीले नै बाजी मारिरहेका छन् । वास्तवमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउने एउटा सपना बाहेक ३१ बर्षीय मेस्सीको अहिलेसम्म सबै सपना पूरा भएको छ । 

मेसीले मंगलबार मात्र सन् सन् २०१७÷१८ मा युरोप फुटबल लिगको गोल्डन बुट अवार्ड जितेका छन् । युरोपका शीर्ष पाँच लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीको यस अवार्ड मेस्सीले पाँचौं पटक जित्दै कीर्तिमान समेत बनाए । यस अवार्ड यसअघि मेसीसँगै चारपटक रोनाल्डोले जितेका थिए । गत सिजन सर्वाधिक ३४ गोल गर्दै मेस्सीले कीर्तिमानमा रोनाल्डोलाई उछिनेका हुन् । 

मेस्सीलाई मंगलबार यस अवार्ड प्रदान गरिएको छ । मेस्सीकै उत्कृष्ट प्रदर्शनमा गत सिजन बार्सिलोनाले स्पेनिस लालिगा उपाधि जितेको थियो । मेस्सीले गत सिजन प्रिमियर लिग, इटालियन सिरिए, बुन्डेस लिगा, फ्रेन्च लिग वानका खेलाडीले भन्दा ला लिगामा बढी गोल गरेका थिए । 

मेस्सीले यसअघि सन् २००९/१०, २०११/१२, २०१२/१३, २०१६/१७ मा पनि यो अवार्ड जितेका थिए । रोनाल्डोले यसअघि सन् २००७/०८, २०१/११, २०१३/१४ र २०१४/१५ मा यस अवार्ड जितेर अवार्ड संख्या चार पुर्याएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप