मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीमा ठेकेदार हावी

बुधबार, ०४ पुस २०७५, ०७ : ३३
बुधबार, ०४ पुस २०७५

काठमाडौं - खानेपानी मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित नहुने जनाएको छ।

मेलम्चीको हालकै ठेकेदार इटालियन कम्पनी सीएमसीसँग काम जारी राख्ने वा नयाँ ठेक्का गर्ने विकल्पमा छलफल भइरहेको खानेपानी सचिव गजेन्द्र ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी आश्वस्त हुन आग्रह गरे।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

‘आयोजनाप्रति कहीं कतै आशंका नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ-आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा छ। 

खानेपानीमन्त्री बिना मगर, सचिव ठाकुर, आयोजना प्रमुख सूर्यप्रकाश कँडेललगायतले केही महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने सार्वजनिक रूपमै घोषणा गर्दै आएका थिए। 

सीएमसीले भुक्तानी नपाएको कारण देखाउँदै काम रोकेपछि सचिव ठाकुरले ‘आयोजना निर्माण तालिका प्रभावित नहुने’ भन्दै विज्ञप्ति जारी गरेका हुन्। मंसिर २७ सम्म भुक्तानी नपाए आपूmले काम नगर्ने चेतावनी सीएमसीले मन्त्रालयलाई दिइसकेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप