मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

डर्टमन्डको पहिलो हार

बुधबार, ०४ पुस २०७५, ०९ : ०१
बुधबार, ०४ पुस २०७५

एजेन्सी – जर्मन बुन्डेस लिगाको शीर्ष टोली बोरुसिया डर्टमन्डले सिजनको पहिलो हार चाखेको छ । यसअघि अपराजित रहेको डर्टमन्ड बुधबार मंगलबार राति फोर्टुना डुसेलडर्फसँग २–१ गोलले पराजित भएको छ । 

डुसेलडर्फलाई घरेलु मैदानमा जित दिलाउन २२औं मिनेटमा डोडी लुकेबाकियोले खाता खोले । ५६औं मिनेटमा जिन जिम्मरले गोलगर्दै  डुसेलडर्फको अग्रता दोब्बर बनाए । 

डर्टमन्डले दोस्रो हाफको अन्तिमतिर लय समातेको थियो । ८१औं मिनेटमा पाको अल्कासेरले गोलगर्दै  गरेपनि डर्टमन्डले हार टार्न सकेन । १६औं खेलमा आएर हिलो हार बेहोरोको डर्टमन्ड ३९ अंकका साथ शीर्ष स्थानमा यथावत छ । डर्टमन्ड दोस्रो स्थानमा रहेको बोरुसिया मोन्चेग्लाडवाचभन्दा ६ अंकले माथि छ । मगलबार रातीन भएको खेलमा 
बोरुसिया मोन्चेग्लाडबाचले नर्नवर्गलाई २–० गोलले हरायो । 

मोन्चेग्लाडबाचको जितमा थोर्गन हाजाडले ४७औं र अलासाने प्लेआले ८६औं मिनेटमा एक एक गोल गरेका थिए । जितसँगै मोन्चेग्लाडबाचले ३३ अंक बनाएको छ । ११ अंक बनाएको नर्नबर्ग १७औं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप