मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिटी काराबाओ कपको सेमिफाइनलमा

बुधबार, ०४ पुस २०७५, ०९ : ०१
बुधबार, ०४ पुस २०७५

एजेन्सी – म्यानचेस्टर सिटी काराबाओ (ईएफलएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले प्रिमियर लिगकै अर्को प्रतिस्पर्धी लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ गेलले हरायो । 

लेस्टरको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सिटीलाई अन्तिम चारमा स्थान बनाउन निकै मिहिनेत गर्नु परेको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीबाट गरिएको थियो । निर्धारित ९० मिनेटमा सिटीका लागि १४औं मिनेटमा केभिन डेब्रुयनले गोल गरे । 

७३औं मिनेटमा लेस्टरका मार्क अलब्रिङटनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि पेनाल्टीमा सिटीका इकेए गुन्डोगान, गाब्रियल जेसस र अलेकसेन्डर झिन्चेन्कोले गोल गरे । लेस्टरका ह्यारी मिगुरेले मात्र गोल गर्न सकेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप