शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुगाले मालिक्नीको आवाजको नक्कल गर्दै अमेजनबाट मगायो खान मनलागेका खानेकुरा

बुधबार, ०४ पुस २०७५, ०९ : ४१
बुधबार, ०४ पुस २०७५

इंगल्याण्डमा एउटा सुगाले आफ्नी मालिक्नीलाई ठूलै झट्का दिएको छ । आफूले पालेको सुगाले आफ्नै आवाजको नक्कल गरेर अनलाइन सपिङ गरिरहेको छ भन्ने थाहा पाएपछि  मारियोन विस्चेनेस्की चकित परेकी हुन् ।

अफ्रिकी मूलको रेक्को नामको खेरौ रङको सुगाले आफ्नी मालिक्नीको आवाज निकाल्दै अमेजनको एलेक्सा भोइस कन्ट्रोल सिस्टममार्फत आफूलाई खान मनलागेको खानेकुरा अर्डर गर्ने गर्छ ।

डेली मेलको रिपोर्ट अनुसार रोक्कोले आफूलाई मनपर्ने स्न्याक्सबाहेक खरबुजा, किसमिस, ब्रोकोली, आइसक्रिममात्र नभई आफ्नो लागि चिम र चङ्गासमेत अर्डर गर्छ । अफ्रिकाको यो खेरौं रङको सुगा मानिसको आवाजको ठ्याक्कै नक्कल गर्नका लागि परिचित छन् । सुगाकी मालिक्नीका अनुसार आफ्नो लागि सामान अर्डर गर्नु रोक्कोको बानी नै भइसकेको छ ।

सुगाकी मालिक्नी भन्छिन्, ‘रोक्काले सामान अर्डर गरिरहेको छ भन्ने थाहा पाएपछि सुरुमा त म चकित भएँ । जब म अफिसबाट फर्कन्छु तब सबै अर्डरको लिस्ट हेर्छु र अनावश्यक अर्डर क्यान्सल गर्छु ।’

बीबीसीको रिपोर्ट अनुसार रोक्कोलाई उसको खराब भाषाका लागि नेशनल एनिमल वाइल्डलाइफ ट्रस्टबाट निकालिएको थियो र त्यहाँकी कर्मचारी मारियोन विस्चेनेस्कीले अक्सफोर्डसायरको ब्ल्यूबरीस्थित आफ्नो घरमा आश्रय दिएकी थिइन् ।

त्यतिबेलादेखि रोक्कोले मारियोनको एमेजन इकोको प्रयोग गरेर आफूलाई खान मनलागेको खानेकुरा अर्डर गर्न थालेको हो ।

एलेक्साले सुगासँग कुराकानी गर्छ र अमेरिकन रकर्स किंग अफ लियोनको गीत बजाइदिन्छ, जुन सुगालाई निकै मनपर्छ ।

मारियोनले एलेक्सा र रोक्कोको सम्बन्धबारे बताइन्, ‘यिनीहरु एक अर्कासँग दिनभरी कुरा गरिराख्छन् । म अफिसबाट घर फर्कदाँ त्यहाँ गीत बजिरहेको हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप