शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उनादकट र चक्रवर्ती बने आइपीएल २०१९ को सबैभन्दा महङ्गो खेलाडी

बुधबार, ०४ पुस २०७५, ०९ : ५४
बुधबार, ०४ पुस २०७५

जयपुर । इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ का लागि मंगलबार जयपुरमा खेलाडीहरुको लिलामी भयो ।

यसमा आठ फ्रान्चाइज टोलीले १ सय ८ करोड ८० लाख भारतीय रुपैयाँ खर्च गरेर ६० खेलाडीहरु खरिद गरे । यसमध्ये २० विदेशी खेलाडी रहेका छन् ।

६ राउण्डसम्म चलेको लिलामीमा सबैभन्दा महङ्गो खेलाडीको रुपमा जयदेव उनादकट र वरुण चक्रवर्ती बिके । उनादकटलाई राजस्थान र वरुणलाई पञ्जाबले सामान ८.४ करोड भारुमा खरिद गरेका थिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरले शिवम दुबेलाई पाँच करोड भारुमा खरिद गर्यो । उनी अनक्याप्ड खेलाडी थिए र उनको बेस प्राइस मात्र २० लाख रुपैयाँ थियो ।

विदेशी खेलाडीहरुमा सबैभन्दा महङ्गो खेलाडीको रुपमा स्याम कुरेन बिके । उनलाई ७.२ करोड भारुमा दिल्ली क्यापिटल्सले खरिद गर्यो ।

पहिलो पटक बिक्री नभए पनि अन्ततः युवराज सिंहलाई मुम्बई इन्डियन्सले बेस प्राइस १ करोड भारुमा खरिद गर्यो ।

पञ्जाबले सबैभन्दा बढी खर्च गर्यो

चेन्नाई सुपरकिङ्ग्सले दुई खेलाडीलाई ५.२ करोडमा खरिद गर्यो भने दिल्लीले १० खेलाडीका लागि १७.८ करोड खर्च गर्यो ।

त्यस्तै, किङ्ग्स इलेभेन पञ्जाबले १३ खेलाडीलाई ३२.५ करोड, कोलकाता नाइटराइडर्सले ८ खेलाडीलाई ९.१५ करोड, मुम्बई इन्डियन्सले ६ खेलाडीलाई ७.६ करोड, राजस्थान रोयल्सले ९ खेलाडीलाई १३.८ करोड, बैंग्लोरले ९ खेलाडीलाई १६.३५ करोड र सनराइजर्स हैदराबादले ३ खेलाडीलाई ४.४ करोड रुपैयाँमा खरिद गर्यो ।

लिलामीमा नबिकेपछि राजस्थान रोयल्सले एश्टन टर्नर, रियान पराज र मनन बोहरालाई उनीहरुको बेस प्राइसमा खरिद गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप