मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राजकीय सम्मानबिनै डा गिरीको अन्तिम संस्कार, शवदाह गृहलाई तिरियो ४ हजार (तस्बिरहरु)

बुधबार, ०४ पुस २०७५, १६ : ०१
बुधबार, ०४ पुस २०७५

काठमाडौं–पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको आज अन्तिम संस्कार गरिएको छ । बुधबार पशुपतिस्थित विद्युतिय शवदाह गृहमा गिरीको अन्तिम संस्कार गरिएको हो । 

पारिवारकै चाहना अनुसार सरकारले भीआईपीलाई दिइने राजकीय सम्मान प्रदान गरेन । गिरीले मृत्युअघि सामान्य नागरिक सरह आफ्नो अन्तिम संस्कार गर्न इच्छा जाहेर गरेकाले साेही अनुसार अन्तिम संस्कार गरिएको हो । उनको अन्तिम संकारका लागि पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहलाई रु ४ हजार तिरिएको बताइएको छ । 

गिरीको मंगलबार कलेजोसम्बन्धी रोगका कारण ९३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा सुभेच्छुक अन्तिम श्रद्धाञ्जली दिनका लागि बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप