शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के विवाहितहरु बढी खुसी हुन्छन् ?

शुक्रबार, ०६ पुस २०७५, ०८ : ५०
शुक्रबार, ०६ पुस २०७५

मार्था हेनरिक्स/ बीबीसी फ्युचर

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ ? यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका प्रश्नले तपाईंको दिमागमा घर जमाएको हुनसक्छ ।

अनलाइन डेटिङले तपाईंलाई थप आकर्षक देखाउन सक्ला ?

के आफ्नो साथीले चाहेको जसरी आफूलाई ढाल्नु ठिक हो ?

के विवाहितहरु बढी खुसी हुन्छन् ?

एउटै साथीसँग जीवन बिताउने बचन तपाईंका लागि सही हो त ?

यी प्रश्नको जवाफ तपाईंका लागि चकित पारिदिने किसिमको हुनसक्छ ।

बीबीसीले एक अनुसन्धानको आधारमा यी प्रश्नको जवाफ खोज्ने कोसिस गरेको छ ।

‘मेरो टाइपको केटा वा केटी’

प्रविधिको दुनियाँमा अनलाइन डेटिङको चलन बढ्दो छ । आज मानिसहरु इन्टरनेटमा नै पार्टनरको खोजी गर्न रुचाउँछन् ।

तर लाखौं मानिसबीच आफू कस्तो देखिने हुँ भन्ने पिरले तपाईंलाई सताएको हुनसक्छ  ।

तर, चिन्ता नलिनुहोस् । तपाईं जब कुनै नयाँ तस्बिर हेर्नुहुन्छ त्यो तपाईंको अघिल्लो तस्बिरभन्दा राम्रो देखिन्छ ।

अर्थात्, सुन्दरताको विषयमा हाम्रो धारणा परिवर्तन भइरहन्छ ।

डेटिङ एपमा परिवर्तन भइरहने तस्बिरले हाम्रो सुन्दरताको मानकलाई निरन्तर परिवर्तन गरिरहेको हुन्छ ।

यदि तपाईंलाई सुन्दर मानिसहरुको प्रोफाइल हेरेर हिनताबोध भइरहेको छ भने त्यसलाई मनबाट निकाल्नुहोस् । किनभने यो अस्थायी हो, स्थायी होइन ।

धेरैपटक  मानिसहरु एक झट्कामा नै  कुनै तस्बिरमा फिदा हुन्छन् । त्यसकारण यस्तो मौका तपाईंका लागि पनि आउन सक्छ ।

हामी जुन अनुहार कम देख्छौं त्यो नै हामीलाई सबैभन्दा आकर्षक लाग्छ ।

मनोवैज्ञानिकका अनुसार हामी जुन अनुहारलाई सररर्ती हेरेर अघि बढ्छौं थुप्रै पटक त्यसलाई पुनः हेर्न मन लाग्छ ।

यसको पछाडि एउटा मनोविज्ञान छ र त्यो हो कतै हामीले आफ्नो सम्भावित साथीलाई छुटायौं कि ?

विपरितले सधैं आकर्षित गर्दैनः

केही विशेष बानी हुन्छन् जुन दुबै साथीमा भए राम्रो मानिन्छ । ‘विपरितले आकर्षित गर्छ’ यो भनाई निकै पुरानो हो र गलत पनि ।

पार्टनरबीच जति नै भिन्नता भएपछि कुनै पनि कुरामा सहमत हुने बानी मिल्नुपर्छ । अत्यधिक रिस उठाउने बानी आखिर कसलाई राम्रो लाग्छ र ?

जो व्यक्ति आफूलाई अस्विकार गरिने हो कि भन्ने कुरामा बढी चिन्तित हुन्छन्, त्यस्ता व्यक्तिले जब आफ्नै सोचाईको पार्टनर पाउँछ भने उनीहरुबीचको सम्बन्ध निकै प्रगाढ हुन्छ ।

यदि पार्टनरको राती अबेरसम्म जागा हुने र बिहान चाँडै उठ्ने बानी छ भने यो पनि सम्बन्धको सकारात्मक पक्ष हो । यसले उनीहरुलाई धेरैजसो सँगै राख्न सहयोग गर्छ ।

तर, दुबैको एउटै बानीले कहिलेकाँही समस्या पनि निम्त्याउन सक्छ । यदि कोही व्यक्ति काम प्रति धेरै नै समर्पित छन् र उनका साथीको पनि त्यस्तै बानी छ भने यसले कुरा बिगार्न सक्छ । यस्तोमा यदि एउटा साथी बिन्दास भए दुईको जोडी मिल्छ ।

विवाहले खुसी बढाउँछ तर....

यदि तपाईं र तपाईंको जीवनसाथीको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने तपाईंको सम्बन्ध निकै राम्रो हुनसक्छ । तर यसले तपाईंको खुसीसँग के सम्बन्ध राख्छ ?

विवाहले हाम्रो व्यक्तित्वमा स्थायी परिवर्तन ल्याइदिन्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । चार वर्षसम्म १५ हजार जर्मन जनतासँग गरिएको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहपछि मानिसहरुमा खुल्लापन र बाहिरी घुमफिर कम हुन्छ ।

हो, विवाहपछि मानिसहरुमा माफी दिनका लागि फराकिलो मन हुन्छ । उनीहरु आफूलाई नियन्त्रण गर्न सिक्छन् । लामो समयसम्म कसैसँग बलियो सम्बन्ध बनाउनका लागि यो अत्यन्त महत्वपूर्ण विशेषता हो ।

विवाहपछि केही दिनसम्म मानिसहरु सन्तुष्ट र खुसी देखिन्छन् । तर यो भाव स्थायी हुँदैन । विवाहको केही वर्षपछि उनीहरु पुनः त्यहि स्थितीमा पुग्छन् जहाँ विवाहअघि थिए ।

त्यसकारण विवाहले स्थायी खुसी दिँदैन ।

साथीसँग छुट्टिदाँको असरः

जो व्यक्ति लामो वैवाहिक सम्बन्धमा थिए, उनीहरुले सम्बन्धविच्छेदपछि ठूलै परिवर्तन देखाउँछन् । अधवैंसे मानिसहरुमाथि गरिएको अनुसन्धानमा पत्ता लागे अनुसार सम्बन्धविच्छेद पछि महिलामा खुल्लापन आउँछ ।

तर पुरुषले भने ब्रेकअपलाई राम्रोसँग ह्यान्डल गर्न सक्दैनन् । उनीहरु सम्बन्धविच्छेद पछि सनकी हुन्छन् ।

सम्बन्धविच्छेदपछि महिला होस् वा पुरुष दुबै कम विश्वासिला हुन्छन् ।

सम्बन्धविच्छेदपछि तपाईं आफूलाई कसरी सम्हाल्नुहुन्छ यो कुरा तपाईंको व्यक्तित्वमा भर पर्छ । जो व्यक्ति बर्हिमुखी हुन्छन्, उनीहरु चाँडै नै दोस्रो विवाह गर्छन् ।

तर जसलाई सम्बन्धविच्छेदले सनकी बनाएको छ, उनीहरु अस्थायी सम्बन्ध बनाउँछन् । स्थायी सम्बन्ध बनाउन उनीहरुलाई समस्या हुन्छ ।

रोमान्सयुक्त भविष्यः

कुनै एक साथीसँग जीवन बिताउनु हरेक समाजमा आदर्श मानिन्छ । तर नयाँ जमानाको चलन भने भिन्न छ, अहिले एकै समयमा धेरैसँग सम्बन्ध बनाउने प्रचलन छ ।

यो धोका होइन । कुनै सम्बन्धमा संलग्न मानिसहरु एक–अर्काको अनुमतीमा नै एकभन्दा बढी मानिससँग सम्बन्ध बनाउँछन् ।

अनुसन्धानमा पत्ता लागेअनुसार यस्ता जोडीहरुबीच बलियो मित्रता हुन्छ । एक अनलाइन सर्वेक्षण अनुसार यस्ता जोडीहरु सुरक्षित यौन सम्बन्ध स्थापित गर्छन् ।

तर, तपाईं एकैसाथ थुप्रै सम्बन्धमा हुनुहुन्न भने निराश नहुनुहोस् । तपाईंले यसो गरेर कुनै पनि कुरा गुमाइरहनुभएको छैन । जो व्यक्ति एकैपटक थुप्रै रोमान्टिक सम्बन्ध स्थापित गर्छन् भने थप सम्बन्धका लागि खुल्ला हुन्छन् (मित्रतासहित) ।

यस्तो जो मानिसहरु एउटा साथीसँग मात्र समर्पित छन् भने उनीहरुको केही क्षती भइरहेको छैन । एक साथीप्रति समर्पणले पनि तपाईं त्यति नै खुसी दिइरहेको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप