बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लुङको बलेवामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

शुक्रबार, ०६ पुस २०७५, १३ : ५८
शुक्रबार, ०६ पुस २०७५

बलेवा– बाग्लुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

बागलुङ बजारदेखि कुश्मीशेरा जाँदै गरेको ना७त ११०५ नंको ट्याक्टर बानपा १२ सरङ्गेमा दुर्घटना हुँदा चालक विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बलेवाका प्रमुख धनबहादुर थापाले बताए। 

दुर्घनाको कारण भने खुलेको छैन । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले चालक विकलाई अचेत अवस्थामा उद्धार गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप