बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई कर्मचारी युनियनको ७ दिने अल्टिमेटम

शुक्रबार, ०६ पुस २०७५, १६ : ३०
शुक्रबार, ०६ पुस २०७५

काठमाडौं– निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सरकारले ल्याएको अध्यादेशविरुद्ध जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ । 

युनियनले शुक्रबार सिहदरबारमा पत्रकार सम्मेलन गर्दै युनियनले सरकारलाई ७ दिनभित्र आफ्ना १३ बुँदे माग पूरा गर्न चेतावनी दिएको हो ।

सरकारले हालै ल्याएको कर्मचारी समायोजन विधेयक विभेदकारी रहेको, कर्मचारीहरुको भावनाअनुरूप नरहेको, कर्मचारीहरुको सेवा सुविधा, सुरक्षा बृद्धि बिकासका प्राबधान नरहेको कर्मचारीहरुको आरोप छ । 
पत्रकार सम्मेलनमा युनियनका महासचिव भोलानाथ पोखरेलले भने, ‘अध्यादेशलाई कुन कर्मचारीले ठीक छ भन्यो ? अध्यादेश कसका लागि ल्याइयो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप