शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालीकोटमा भीषण आगलागीः ५२ घर जलेर नस्ट, आगो अझै नियन्त्रण बाहिर

सोमबार, ०९ पुस २०७५, १० : ०३
सोमबार, ०९ पुस २०७५

सिञ्जा – कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीमा ५२ घर जलेर नष्ट भएको छ भने ठूलो धनजनको क्षति भएको छ । 

आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हुँदा अहिलेसम्म ५२ घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ । 

मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरी घटनास्थल पुगेको र आगो निभाउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । 

गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको थियो । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप