बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कालीकोट आगलागी अपडेटः  ८७ घर जलेर नष्ट, ७ जना घाइते

सोमबार, ०९ पुस २०७५, ११ : १८
सोमबार, ०९ पुस २०७५

कालीकोट – कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् । 

खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालीकाटले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 

 इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । 


गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको थियो । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । 

यसैबीच आगलागीमा परी ७ स्थानीय घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।  आगलागीबाट १८ चौपाय मर्नुका साथै स्थानीय घरबिहीन बनेका छन। 

चिसोको समयमा स्थानीय खुल्ला चौरमा बस्न बाध्य भएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकाम मान्माबाट ५ घण्टाको पैदर दूरीमा पर्ने बताइएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप